रेशमलाल चौधरीको सांसद पद खारेज

टीकापुर घटनाका अभियुक्त कैलाली–१ का सांसद रेशम चौधरीको पद सजाय पाएसँगै स्वतः खारेज भएको छ ।

नैतिक पतन देखिने फौजदारी अभियोग प्रमाणित भएसँगै उनको पद स्वतः खारेज भएको हो । संविधानले नैतिक पतनमा फौजदारी अभियोगमा सजाय पाएको व्यक्ति सांसद हुन नसक्ने प्रावधान गरेको छ । चौधरीलाई बुधबार कैलाली जिल्ला अदातलले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो ।

उनी पुर्पक्षका लागि थुनामै भएको अवस्थामा सांसद पदको सपथ पनि लिएका थिए। अन्ततः उनीसहित ११ जनालाई जन्कैदको फैसला सुनाइएपछि उनको पद स्वतः खारेज भएको हो । अब कैलाली क्षेत्र नम्बर १ पुनः निर्वाचन हुनेछ । २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भड्किएको हिंसामा ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो।