नेपालदूत , काठमाडौं
फागुन २२ गते २०७५
कैलाली जिल्ला अदालतले राजपाका सांसद रेशम चौधरीलाई जन्मकैदको सजायँ सुनाएपछि राजपा नेपालको आकस्मिक बैठक सुरु भएको छ।
बुधबार दिउँसो चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएपछि राजपाको बैठक बसेको हो। राजपाले फैसलाका विषयमा धारणा सार्वजनिक गर्ने बुझिएको छ।