काठमाडौंबाट रुकुम हिंडेको बस दुर्घटना, २६ जना घाइते

काठमाडौंबाट रुकुम हिंडेको बस सल्यानमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । 

जिल्लाको शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाडौंबाट रुकुमका लागि छुटेको ना ४ ख ५३६३ बस दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा उद्दारका लागि स्थानीयबासी, प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको श्रीनगरस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
घाइते सबै खतरामुक्त रहेको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरका डाक्टर मानबहादुर केसीले बताए ।