भारत पाकिस्तानबीचको अघोषित युद्धले यतिबेला विश्वभर चिन्ता छाईरहेको छ । यी दुई देशबीच तनाव बढेसंगै छिमेकी मुलुकहरुमा पनि सुरक्षासर्तकता बढाईएको छ ।
दुबै देशले एक अर्काको भुमिमा हवाई आक्रमण गरिरहेको छ भने सिमामा गोलीबारी जारी नै रहेको छ । यसबीचमा हिजोमात्र पाकिस्तानले आफनो एयरस्पेशनमा आएको २ भारतीय लडाकु विमान खसाल्यो जसमा एक जना पाइलटको मृत्यु भयो भने एक जना पाकिस्तानी सेनाको नियन्त्रणमा रहेको छ । पाकिस्तानी सेनाले दुर्घटना भएको विमानबाट उनको उद्धार गर्दे अस्पतालमा उपचार समेत गराईयो ।
त्यसबीचमा उनलाई केही मानिसहरुले कुटेको , आँखामा पट्टी बाधेर लगिएको जस्ता भिडियो र तस्बिरहरु भाईरल बनेपछि भारत पाकिस्तानसंग आक्रोसित बनेको छ ।
उसले नियन्त्रणमा रहेका अभिनन्दन नामक गरेका पाइलटको तस्बिर र भिडियो सामाजिक सञ्जालमा लिक गरेर पाकिस्तानले जेनेभाको नियम तोडेको भन्दै आपत्ति जनाएको हो । भिडियोमा पाईलटप्रति भएको अभद्र व्यवहार भएको देखिएपछि उसले पाकिस्तानलाई चेतावनी दिँदै सकुसल रिहा गर्न भनेको छ ।आफनो पाइलटलाई केही हानी नोक्सान भए त्यसको ठुलो मुल्य चुकाउनु पर्ने भन्दै भारतले पाकिस्तानको कार्यवाहक उच्चायुक्तलाई चेतावनी दिएका छन् ।
सुरुमा केही अभद्र व्यवहार भएको देखिएपनि अहिले अभिनन्दनलाई राम्रो व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ । जहाँ आफनै दुश्मनलाई पनि पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको भन्दै प्रशंसा पनि भईरहेको छ । यता भारतले पनि पाकिस्तानको एउटा विमान खसालेको हिजो दाबी गरेको थियो । तर उक्त विमानका चालकको अवस्था भने अहिलेसम्म बाहिरिएको छैन । पाकिस्तानले भारतले बालाकोटमा आक्रमण गरेसंगै त्यसको जवाफ दिन जम्मू कश्मिरमा हवाई आक्रमण गरेको थियो ।






