चलचित्र ‘ग्रिन बुक’ले बेस्ट फिल्मको अवार्ड जितेको छ ।
मेक्सिकन फिल्म रोमाबाट अल्फान्सो क्वारोनले सर्वश्रेष्ठ निर्देशकको पुरस्कार जितेका छन् । ‘रोमा’ ले सर्वश्रेष्ठ विदेशी फिल्म र वेस्ट सिनेम्याटोग्राफीको ओस्कार पनि प्राप्त गरेको छ ।
अल्फान्सो क्वारोनको कथा र निर्देशन रहेको मेक्सिकन भाषाको यो ब्ल्याक एन्ड ह्वाइट फिल्ममा १९७० को दशकमा एक मिडिल क्लास परिवारमा रहेकी हाउसकिपर महिलाको कथा छ ।
रामी मालकले फिल्म बोहीमियन रेप्सडीबाट सर्वश्रेष्ठ अभिनेताको अवार्ड जितेका छन् । बेस्ट एक्ट्रेसको अवार्ड ब्रिटिश अभिनेत्री ओलिभिया कोलमनलाई चलचित्र द फेबरेटबाट दिइएको छ ।
रेजिना किंगले चलचित्र ‘इफ बिल स्ट्रीट कुड टक’बाट सर्वश्रेष्ठ सह–अभिनेत्रीको पुरस्कार जितेकी छन् । ग्रिन बुकबाटै माहेरशाला अलीले उत्कृष्ट सह अभिनेताको पुरस्कार जितेका छन् ।




