ट्रम्पले भने “भारत-पाकिस्तानको सम्बन्ध भयावह”

कश्मिरको पुलवा घटनाबारे आफनो अभिव्यक्ति नदिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारेमा बोलेका छन् ।

पाकिस्तान आतंकवाद जन्माउने र पाल्ने देश भन्दै कडा आलोचना गर्दे आईरहेका ट्रम्पले भारत र पाकिस्तानबीच पछिल्लो समय बिग्रिरहेको सम्बन्धलाई लिएर चिन्ता व्यक्त गरेका छन् । पुलवा घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्धको स्थिती भयावह भन्दै उनले समस्या चाडै समाधान हुने कुरामा विश्वास व्यक्त गरे । उनले भने “भारत र पाकिस्तानबीच निकै खराब अवस्था छ । अमेरिकी प्रशासन दुबै देशको सम्पर्कमा छ । त्यसैले आसा छ दुश्मनी चाडै सकिनेछ । हामी दुबै देशको लडाई रोक्न चाहान्छौ” ।

यसकै कारण धेरै जनताहरु मारिए । यसका लागि हामी निरन्तर कोशिसमा छौ”  । पुलवा घटनापछि भारत पाकिस्तानप्रति निकै आक्रमक बनेको भन्दै उनले अगाडी भने “भारत निकै आक्रमक बनिरहेको छ । पुलवा घटनामा ४६ भन्दा बढि सेनाको ज्यान गयो । म यस पीडालाई बुझन सक्छु । हाम्रो अधिकारीहरु दुबै देशसंग छलफल गरिरहेको छ” । भारत र पाकिस्तानबीच सन्तुलन बनाईराख्नु पर्ने बताउँदै उनले दुबै देशको समस्या चाडै समाधान गर्न उनले आग्रह गरे ।

पुलवा घटनाको बिरोध गर्दे अमेरिकामा भारतीयहरुले प्रर्दशन समेत गरेका थिए । त्यसोत ट्रम्प पनि पाकिस्तानप्रति त्यती खुसी भएका मान्छे होईनन । उनले पाकिस्तानलाई विन लादेन जस्तो आतंकवादीलाई आश्रृय दिएको र आतंकवाद जन्माउने राष्ट्र भन्दै उसले पाकिस्तानलाई दिँदै आएको १.३ अर्ब डलर आर्थिक सहयोग यस पटकबाट रोक्का गरिदिएका छन् । उनले जबसम्म पाकिस्तानमा रहेका आतंककारीहरुलाई कारवाही हुँदैन तबसम्म पाकिस्तानलाई दिईने आर्थिक सहयोग रोक्ने निर्णय गरेका थिए ।