पबजी खेल्न रोकेको रिसमा छोराले कुटे आमाबाबुलाई

पबजी खेल अहिले अनलाईन खेलको दुनियामा निक्कै चर्चीत छ । यो खेल खेल्नेहरुको संख्या ठुलो मात्रामा रहेको छ। यो खेलले धेरै मानिसहरुको दिमागमा असर पनि गरेको छ।

पबजी खेल्न रोक्दा एक २५ वर्षिय युवकले आफ्नै आमाबाबुलाई पिटेको खबर अहिले बाहिर आएको छ। यो घटना भारतको उत्तरी गुजरातको भएको बताईएको छ। त्यहाँ आफ्ना आमाबाबुसँग बस्ने २५ वर्षिय छोराले दिनभर केही काम नगरी पबजी खेलेर बस्ने गर्दथे। उनलाई आमाबाबुले ग्याम नखेल्न आग्रह गरिरहन्थे तर उनले कहिले पनि आमाबाबुको कुरा सुनेनन्।

बिहिबार जब उनका बाबुले गाली गर्दै मोबाईल खोसे, उनी रिसाएर आफ्नो बाबुलाई पिट्न थाले। यो देखेर आमाले छुटाउन आउँदा आमालाई पनि पिट्न थाले। ती दुबैजना बच्नको लागि बाहिर भागे तर उनले बाहिर आएर पनि पिट्न थाले। त्यसपछि त्यहाँ उपस्थित मानिसहरुले उनीहरुलाई जोगाए र पुलिसलाई खबर गरे। तर आमाबाबुले आफ्नो छोराको विरुद्धमा उजुरी दर्ता गर्न अस्वीकार गरे
। एजेन्सी