नेकपाको सचिवालय बैठक अन्यौलमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अहिले बिहान ९ बजे बस्ने भनिएको सचिवालय बैठक अन्यौलमा परेको छ ।

सवारी दुर्घटनामा घाइते भएका आफ्ना दाङ प्रदेशसभा सदस्य उत्तरकुमार वलीको उपचारका क्रममा निधन भएको र उनको शव श्रद्धाञ्जलीका लागि धुम्बाराहीस्थित पार्टी कार्यालयमा राख्नु पर्ने भएपछि बैठक स्थगित हुने संभावना रहेको नेकपाका अध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

त्यसपछि पनि प्रधानमन्त्री ओली र नेपाल भ्रमणमा रहेकी अष्ट्रियाकी विदेस मामिला मन्त्री करिन केनिसिलबीच भेटवार्ता हुने कार्यक्रम तय भएकाले सचिवालय बैठकको निधो हुन नसकेको उनले बताए ।