कर्मचारी समायोज सक्ने सरकारको लक्ष्य एकतिहाइ मात्रै पूरा

फागुन ३ भित्र कर्मचारी समायोज सक्ने सरकारको लक्ष्य एकतिहाइ मात्रै पूरा भएको छ । ७७ हजार कर्मचारीले समायोजनको फारम भरेकोमा अहिलेसम्म ३० प्रतिशत अर्थात २२ हजार ९ सर १७ कर्मचारी मात्रै समायोजन भएका छन् ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलायका प्रवक्ता सुरेश अधिकारीले संघमा १७ हजार २ सय ७९ र प्रदेशमा २ हजार ४ सय ४८ कर्मचारी समायोजन भएको बताए ।

सबैभन्दा ठूलो दरबन्दी हिस्सा रहेको स्थानीय तहमा ३ हजार १ सय ९० कर्मचारी समायोजन भएका छन् । सचिवस्तरमा ५७ जना सबै संघमा समायोजन भएका छन् । सहसचिव स्तरका ६ सय ७६ को समायोजन सकिएको छ ।