एनआइसी एसिया बैंकले पोखरा २९ पावरहाउसमा शाखा खोलेको छ । शाखाको बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले उद्घाटन गरे ।
बैंकले मुलुकभर २ सय ७७ शाखा, २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गरिरहेको छ ।
बैंकको वासलातको आकार २ सय १७ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ७३ अर्ब तथा कर्जा १ सय ४८ अर्ब छ ।
निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको बैंकका नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले बताए ।




