नेपाली उत्पादन शिखर सुजले सोमबारदेखि पोखराको सिद्धार्थचोकमा फ्याक्ट्री आउटलेट तथा ग्रान्ड शिखर सुज मेला आयोजना गरेको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले मेला उद्घाटन गरे । अधिकारीले शिखर सुज नेपालको आफ्नैं उत्पादन भएकाले पनि नेपालीले यसलाई माया गर्नुपर्ने बताए ।
विभिन्न उत्पादनले आफ्ना ब्रान्ड बजारीकरणसँगै व्यवसाय प्रवद्र्धनका लागि यस किसिमका मेला आयोजना गर्दा सफल देखिएको बताए । अधिकारीले व्यवसायिक एकता र स्वस्थ्य प्रतिस्पर्धामा जोड दिए ।
शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले गत महिनामात्रै पोखरामा शिखर सुज ग्रान्ड सेल मेला आयोजना गरेको जानकारी दिंदै उक्त मेलामा पोखरेलीले देखाएको चासो र उनीहरुकै आग्रह बमोजिम फेरि अर्को मेला आयोजना गरिएको बताए ।
मेलामा १ हजारभन्दा बढी डिजाइनका जुत्ता चप्पल रहेको उनले जानकारी दिए । ५० भन्दा बढी मोडलका नयाँ जुत्ता आउटलेटबाट लन्च गरिएको उनले जनाए । व्यवसायी शालिकराम घिमिरेले मेलामा जुत्तासंगै सुपथ मूल्यमा लत्ता कपडा पनि उपलब्ध हुने बताए ।




