कश्मिरको पुलवा जिल्लामा भएको नरसंहार आफैमा दुखद घटना हो । पाकिस्तानमा आश्रृय लिईरहेको जैस ए मुहम्मद नामक संगठनले ४६ जना सेनाको ज्यान जाने गराएको हमलाबाट भारत बिक्षिप्त बनेको छ ।
देशको सुरक्षाका लागि सिमामा खटिएका सेनाहरु हत्या हुँदा भारतीयहरुको आक्रोस सिमा नाघेको छ । उनीहरुले पाकिस्तानलाई जवाफी कारवाही गर्नु पर्ने समेत आवाज उठाईरहेका छन् । यस्तै शोक बलिउड सेलिब्रेटीहरुले पनि उठाईरहेका छन् तर बलिउडका बादशाह अमिताभ बच्चन भने शहिद परिवारका लागि आगडी सरेका छन् ।
अमिताभ बच्चनले पुलवा घटनामा मारिएका सेनाहरुको परिवारका लागि २ करोड २५ लाख भारुको आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले प्रत्येक शहिद परिवारलाई पाँच–पाँच लाख दरले आर्थिक सहयोग गर्ने भएका हुन् । यसको प्रक्रियाका लागि अमिताभले सरकारी साहयता लिईरहेको बताएका छन् । उनको यस कदमले उनी रियल लाईफकै हिरो हुन भन्ने प्रमाणित गरिदिएका छन् ।
स्मरण रहोस यसअघि पनि अमिताभले देशमा आपतमा परेका जनताहरुका लागि आर्थिक साहयता गर्दे आईरहेका छन् । दक्षिण भारतमा बाढीको प्रकोप हुदा पनि उनले ठुलो आर्थिक सहयोग गरेका थिए भने केही समय अगाडीमात्र उनले गरिब किसानहरुको ५ करोड भन्दा बढि श्रृण तिरिदिएका थिए । हालसम्म अमिताभ भन्दा अगाडी कोही पनि स्टारहरुले पुलवा घटनाका शहिदहरुका लागि आर्थिक सहयोगको घोषणा गरेका छैनन् ।




