कञ्चनपुरका एसपीको सुरुवा , के निर्मला हत्या अनुसन्धान प्रभावित होला ?

प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी उपरीक्षक (एसपी)  को सरुवा गरेको छ । जसमा कञ्चनपुरका एसपी कुवेर कडायत पनि रहेका छन् ।  कडायतले हाल कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गरिरहेका थिए। उनका सरुवाले सो अनुसन्धान पनि प्रभावित हुने आशंका गरिएको छ ।

उनको स्थानमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत दिनेश आचार्यलाई पठाइएको छ भने कडायतलाई पहरा गण, सामाखुसी पठाइएको छ । कडायतको सरुवाले निर्मलाको प्रकरण फेरी लम्बिने सम्भावा रहेको छ । बलात्कारपछि हत्या भएकी निर्मलाको हत्यारालाई प्रहरीले अहिलेसम्म पनि सार्वजनिक गरी कारवाही गर्न सकेको छैन ।

जसको कारण पनि प्रहरी संगठन र सरकार दुबैको चर्काे आलोचना भईरहेको छ । यता गृहमन्त्री रामबहादुर थापा बादलले भने केही समय अगाडी संसदमा बोल्दै निर्मलाको हत्यारा सिंहदरबार र बालुवाटार जहाँ पुगे पनि कारवाही गर्न नछोड्ने बताएका थिए । तर घटनाको लामो समय बितिसक्दा पनि अपराधी भने प्रक्राउ पर्न सकेको छैन ।