पोखरा ३३ मा मेलमिलाप केन्द्र

पोखरा ३३ भरतपोखरीमा मंगलबारदेखि मेलमिलाप केन्द्र सञ्चालनमा आएको छ ।

पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले केन्द्रको उद्घाटन गर्दै वडास्तरमा न्यायिक सेवा प्रदान गर्ने लक्ष्य सफल हुने बताइन् ।

उपप्रमुख गुरुङले मेलमिलाप केन्द्र सञ्चालनमा ल्याइएको बताउँदै कुनै पनि आग्रह पूर्वाग्रहमा नलागी मध्यस्तकर्ताले मेलमिलापको वातावरण तयार गर्नुपर्ने धारणा राखिन् । पोखरा ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले मध्यस्तकर्ता जिम्मेवार नबन्दासम्म न्यायिक सेवा प्रभावकारी नबन्नेमा जोड दिँदै प्रत्येकले आफ्नो जिम्मेवारीलाई पूरा गर्नुपर्ने बताइन् ।

केन्द्र उद्घाटन सभामा राममणि अधिकारी, साविक भरतपोखरी गाउँ विकास समितिका पूर्व अध्यक्ष यज्ञप्रसाद अधिकारी, समाजसेवी केशरप्रसाद निर्दोर्षी, न्यायिक समितिका सदस्य किशोर बराल लगायतले मेलमिलाप केन्द्रबाट प्रदान गरिने न्यायिक सेवा निष्पक्षताका आधारमा हुनु पर्ने बताइन् ।