ट्ंयाकरको ठक्करबाट २ जनाको मृत्यु

नवलपुरमा गएराती भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डण्डामा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको बा ३ ख ९१५८ नम्बरको दुध बोक्ने ट्ंयाकरले विपरित दिशा तर्फ जाँदै गरेको बा २८ प २०३१ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन् ।

गएराती १० बजे ट्यांकरको ठक्करबाट गम्भिर घाईते भएका उनिहरुको उपचारका क्रममा मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक मध्यबिन्दु नगरपालिका.२ बस्ने करिब ४० बर्षिय युबराज घिमिरे र मोटरसाईकल पछाडि सवार सोही ठाउका अन्दाजी ३६ बर्षिय पिताम्बर पाठक रहेको प्रहरी नायब उपरिक्षक लामिछानेले बताउनुभयो ।ठक्कर दिने ट्यांकर र चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।