पौडिने होईन दौडिने माछा , बैज्ञानिक लागे जोगाउन

यो संसारको बनावट नै निकै विचित्रको छ । जसको संरचनामात्र होईन यहाँ पाईने अनेक अनेक जीवजन्तुहरुको बनावट पनि संसारलाई छक्क पार्ने किसिमको हुने गर्छ । विश्वमा यस्ता यस्ता जीवजन्तुहरु पनि छन् जसको हामी कल्पना पनि गर्न सक्दैनौ । बिषेशगरी पानीमा रहने जीवजन्तुहरुले भने मानिसहरुलाई अचम्ममा पार्ने गर्छ । पानी भन्ने बित्तिकै धेरैले माछालाई सम्झिहाल्छौ किनकी यो पानीबिना बाच्नै सक्दैन । विश्वमा अनौठा माछाहरु पनि देखिएका छन् ।

हामीले प्राय माछा पानीमा पौडिने मात्र देख्दै आएका छौ तर विश्वमा यस्ता माछा पनि छन् जो पौडिदैनन् बरु दौडिन्छन् । हजुर तास्मानिया र अस्ट्रेलियाको सानो क्षेत्रमा पाईने यस्तो माछालाई ह्याण्डफिस भनेर चिनिन्छ । जसको शरिरिमा हात जस्तै २ अंग हुन्छन् जसको मद्धतले उनीहरु दौडिन्छन् । यी प्रजातिका माछा पौडिदैनन् बरु समुन्द«को पिँधमा गएर दौडिन मन पराउँछन् ।

यतिबेला दुर्लभ मानिएको यो प्रजातिलाई जोगाउन लागिपरेका छन् । सन् १९८० भन्दा अगाडी तास्मानियामा यो माछा निकै पाईन्थ्यो तर दुर्लभ हुँदै गएपछि यो प्रजातिको माछा हराउँदै गएको छ । सोही कारण बैज्ञानिकहरुले यो प्रजातिको माछा खोजेर भाले पोथी एकै ठाउँमा राखेर अण्डा बचाउने काम गरिरहेका छन्। ताकी यो प्रजातिको माछाको बिनास नहोस ।