अमरसिद्ध माविको वार्षिकोत्सव

अमरसिद्ध नमुना माध्यामिक विद्यालय पोखरा ३१ पचभैयाले ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले शिक्षक, अभिभावक र विद्यार्थीको उचित समन्वयले नै विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि हुने बताए । यसका उनीहरुबीच निरन्तर समन्वय जरुरी हुने उनले बताए ।

पोखरा ३१ का वडाध्यक्ष कमलबहादुर थापाले आजका विद्यार्थी विकासका कर्णधार तथा संवाहक भएकाले विद्यार्थीको हित अनुकूल काम गर्न स्थानीय सरकार कटिवद्ध रहेको बताए । समारोहमा उत्कृष्ट कार्यसम्पादन अन्तर्गत विद्यालयका पूर्व शिक्षकद्वय कृष्णप्रसाद ढकाल र सीता अधिकारीलाइ सम्मानसमेत गरिएको थियो । कार्यक्रमा प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

विद्यार्थी विभिन्न सांस्कृतकि प्रस्तुति राखेको कार्यक्रममा बिभिन्न शैक्षिक कार्यक्रम तथा क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदरभक्त थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सल्लाहकार दिननाथ ढकाल, भण्डाढिक शिक्षा स्रोत केन्द्र प्रमुख विष्णुप्रसाद तिवारी, त्रिभुवन शान्ति माविका प्रधानाध्यापक मित्रलाल सापकोटा, शिक्षक रमेश सुवेदी लगायतले बोलेका थिए ।