पोखरा म्याराथनलाई हङकङे नेपालीको साथ

फागुन ७ मा हुने १३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन”प्रतियोगिताका सफल बनाउन हङकङका नेपालीले सहयोग जुटाएका छन् ।

हङकङलाई कर्मथलो बनाएका पोखरेलीको संयोजकत्वमा आयोजित भेलामा पोखरा लगायत नेपालको विभिन्न ठाउँमा बसोबास गर्ने हङकङेलीले स्वतःस्र्फूत सहयोग जुटाउन थालेका हुन् । पूर्वराष्ट्रिय खेलाडी खेलाडी तथा विविल राइज फाउन्डेसनका संस्थापक तुलसीकुमार गुरुङ, व्यवसायी तथा समाजसेवी त्रिलोक गुरुङ र हङकङ व्यापार संघका अध्यक्ष प्रकाश पुन र उनकी श्रीमती टीका पुनले पोखरा म्याराथनका लागि १÷१ लाख सहयोग रकम घोषणा गरेका छन् ।

गोपी गुरुङ, अर्जुन गुरुङ, हिमालय यात्रा, वीरेन्द्रजंग गुरुङ, देउकाजी गुरुङ, वीरेन्द्र तोर्जे, होमर गुरुङ, सुरज गुरुङ, सञ्जय गुरुङ, रक्स गुरुङ, सुरेश गुरुङ, चिज गुरुङ, मनोङ गुरुङ र विक्रम गुरुङ लगायतले म्याराथनका लागि आर्थिक सहयोग गरेका छन् ।

‘पैसा र अवसरको अभावमा कुनाकन्दराका प्रतिभावान खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउने यो प्रयासमा हामी पनि सहकार्य गर्न चाहन्छौं,’ पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका तुलसीकुमार गुरुङले भनेका छन् । पोखरा म्याराथन आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङले नेपाल र पोखराको खेलकुद विकासमा विदेशमा रहेका नेपालीको सहयोग र चासो निकै सह्रानीय रहेको बताए ।