रक्तिमको चौथो सम्मेलन फागुन १ बाट

रक्तिम सांस्कृतिक अभियानको चोथौ राष्ट्रिय सम्मेलन पोखरामा फागुन १, २ र ३ गते हुने भएको छ ।

सम्मेलनको पूर्व तयारीको सिलसिलामा विभिन्न जिल्लामा बैठक, भेला र सम्मेलन भइरहेको रक्तिम अभियानले जनाएको छ । यसै सिलसिलामा कास्कीको जिल्ला सम्मेलन पनि सम्पन्न भइसकेको छ । अभियानले राष्ट्रिय सम्मेलनको प्रचार तीव्र पारेको छ ।

रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनको तयारीको सन्दर्भमा सम्मेलन सफल बनाउन राष्ट्रिय जनमोर्चा कास्कीसँग सबन्धित जनवर्गीय संगठनको विशेष भेलाले सम्मेलन सफल पार्न राष्ट्रिय जनमोर्चा कास्कीका पूर्वअध्यक्ष गिरबहादुर कँुवरको समायोजनमा ५१ सदस्यीय सहयोग समिति गठन गरेको छ ।

भेलाले सम्मेलन सफल पार्न विभिन्न उपसमिति पनि गठन गरेको छ । पोखरा सभागृहमा विविध साँस्कतिक कार्यक्रमका साथ सम्पन्न हुने र ¥यालीमा समेत विभिन्न जिल्लाबाट सांस्कृतिक झाँकी प्रस्तुत हुने रक्तिम सांस्कृतिक अभियान कास्कीका जिल्ला अध्यक्ष विमल पाण्डेले बताए ।