आजदेखि तीन दिनसम्म देशभर वर्षा हुने, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार)देखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ ।

आज देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुने र राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना भएकाे महाशाखाले औंल्याइएको छ ।