अन्ना हजारेले अनसन तोडे

भारतीय सामाजिक कार्यकर्ता अन्ना हजारेले सात दिनदेखि बस्दै आएको अनसन तोडेका छन् ।

स्क्रोल डट इनका अनुसार महाराष्ट्र सरकारका मुख्यमन्त्रीले हजारेलाई भेट्दै उनको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मुख्यमन्त्रीले अन्ना हजारेलाई जुस खुवाएर अनसन तोडाएका थिए ।

त्यसपछि संयुक्त पत्रकार सम्मेलनमा हजारेले भने, ‘मुख्यमन्त्रीले हाम्रो सबै माग पूरा गर्ने वचन दिएकाले मैले अनसन तोडेको हूँ ।’ मुख्यमन्त्रीले महाराष्ट्र विधानसभाको आउँदो सत्रमा भ्रष्टाचारविरुद्धको लोकपाल बिलका लागि एउटा संयुक्त आलेख समिति गठन गर्ने बताएका छन्।