सुन चाँदीको मुल्य झन् बढ्यो

आज मंगलबार सुनको मूल्य झन् बढेको छ। 

हिजो २ सय रुपैयाँले उकालो लागेको सुनको मूल्यमा आज पनि सय रुपैयाँ बढेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार तेजावी सुन ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।