अन्ना हजारेको अनसनमा डा केसीले पत्र लेख्दै जनाए समर्थन

 विगत ६ दिनदेखि अनसन बसिरहेका भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेको अनसनमा डा गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन्।

केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन गर्न माग गर्दै हजारे अनसन बसेका हुन्।

डा केसीले पत्रमा अन्ना हजारले उठाएको लोकपाल र लोकायुक्तहरुको नियुक्त गर्ने माग भारतमा मात्र नभई नेपालमा पनि भ्रष्टाचारविरुद्ध लड्न एकदमै महत्वपूर्ण मानिन्छ।

पत्रमा डा केसीले नेापलमा आफूले ७ वर्ष अघिदेखि सत्याग्रह सुरु गरेको र आफ्ना उद्देश्यहरु पनि उल्लेख गरेका छन्।

प्रजातन्त्र संस्थागत गर्न र भ्रष्टाचारविरुद्ध लड्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै डा केसीले ऐक्यबद्धता जनाएका छन्।