इन्जिनियरदेखि एमबीए गरेका कलेजका टपर विद्यार्थी नांगा साधु बन्दै

 भारतीय युवाहरु नांगा साधु बन्ने ध्याउन्नमा लागेका छन् भन्ने उदाहरण कुम्भ मेलामा देखिन्छ । 

उत्तर प्रदेशको इलाहावादमा लागेको कुम्भ मेलामा आफ्ना इच्छा पूरा गर्न भन्दै १० हजार भन्दा बढी इन्जिनियरिङ र एमबीए पढ्दै गरेका युवाहरु करिअर नै छोडेरै नांगा साधु बन्न दीक्षा लिइरहेका छन् । नांगा साधु बन्नेमा इन्जिनियरदेखि एमबीए गरेका कलेजका टपर विद्यार्थी समेत यहाँ सहभागी छन् ।

समाचारअनुसार इन्जिनियरिङ डिप्लोमाका विद्यार्थी रजत, युक्रेनका म्यानेजमेन्टका विद्यार्थी शम्भु र प्लस टु परीक्षामा प्रथम भएका घनश्यामलगायतका युवाहरु साधु बन्न दिक्षा लिइरहेका छन् । यी विद्यार्थी त उदाहरण मात्रै हुन् । नांगा साधु बन्नका लागि कुम्भ मेलामा युवाहरुको घुइँचो नै लागेको छ । टाइम्स अफ इण्डियाबाट