निकितासंग सञ्चारमन्त्री फायर

चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसंग सञ्चारमन्त्री गोकुल बास्कोटासंग फायर भएका छन् । हिजो आईतबार बस्ने बैठकमा निकिता अनुपस्थिती भएपछि सञ्चारकमन्त्री आक्रोसित भएका हुन् । लचित्र विकास बोर्डको प्रगतिविवरण बारे छलफल गर्न बोलाईएको बैठकमा अध्यक्ष नै अनुपस्थित भएपछि उनी निकितासंगै अटेर गर्ने प्रमुखहरुलाई कारवाही गर्ने चेतावनीसमेत दिएका छन् ।

बैठकमा सञ्चारमन्त्रीले निकिताको अनुपस्थित भएपछि सोधे ‘चलचित्र विकास बोर्ड अध्यक्ष आउनुभएन ?’ ‘छुट्टी लिएको भए रेकर्ड हुनुपर्यो, हैन भने स्पस्टीकरण सोधेर कारवाही प्रकृया अगाडि बढाउनुस्, सधैं यसरी मनपरि गर्न कसैलाई पनि छुट छैन’ । अटेर गरेपछि निकितालाई सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले स्पष्टीकरणसमेत माग गरेको हो । सहसचिव राधिका अर्यालले अध्यक्षलाई खबर गरेपनि नआएको जवाफ दिएपछि स्पष्टीकरण माग गरेको हो ।

निकिता देउवा सरकारको पालोमा चलचित्र बिकास बोर्डमा अध्यक्ष बनेकी थिईन भने ओली सरकारले देउवा सरकारले गरेको नियुक्त खारेज गर्ने घोषणासंगै निकिताले सर्बाेच्च गुहारेर पुन काममा फर्किएकी थिईन् । हालै मात्र निकिताले चर्चित सञ्चारकर्मी रबि लामिछानेसंग कोर्ट म्यारिज गरेकी थिईन् ।