भाउजु बलात्कार गर्ने प्रक्राउ

लम्जुङमा भाउजु बलात्कार गर्ने एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा लम्जुङ सुन्दरबजार नगरपालिका– ७ मा डेरा गरी बस्ने हरिबहादुर नाम परिवर्तित रहेका छन् ।

उनीबिरुद्ध भाउजु बलात्कार गरेको आरोप छ । गोरखा स्थायी ठेगाना भई हाल सुन्दरवजार– ७ वस्ने वर्ष पीडित महिलाका श्रीमान ४७ वर्षीय धन बहादुर परिवर्तित नाम को जाहेरीको आधारमा उनलाई प्रक्राउ गरिएको हो ।

अध्याधिक रक्सी सेवन गरी दाई काममा गई घर नफर्किएको मौका पारी भाउजु मात्रै भाडाको कोठामा रहेको मौका छोपी बलात्कार गरी भागेको प्रहरीले जनाएको छ । घटना लगत्तै डेरामा पीडित महिलाले आफ्ना श्रीमान र प्रहरीलाई खवर गरेको, इलाका प्रहरी कार्यालय भोटेओडारले जनाएको छ ।

तत्कालै इलाका प्रहरी कार्यालय अन्तरगत सुन्दरवजार प्रहरी चौकीबाट पीडकलाई पक्रन प्रहरी टोली परिचालन भएको थियो । यस्तो कुतृत गरेपछि घटना घटेकै वरिपरि लुकेर वसेको अवस्थामा प्रहरीले उनलाई प्रक्राउ गरेको थियो । अभियुक्तबिरुद्ध जबरजस्ती र हातनाता करणीका मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।