सरकार विरुद्ध चितवनमा शक्ति प्रदर्शन

नेकपा नेतृत्वको सरकारले गरेका पछिल्ला राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस चितवनले आज विरोध प्रदर्शन गर्दैछ ।

सरकारको कार्यशैली निरंकुश र अलोकतान्त्रिक भएको भन्दै प्रदर्शनको आयोजना गरिएको नेपाल बिध्यार्थी संघ बिरेन्द्र बहुमुखी क्यामपस ईकाईका अध्यक्ष अनमाेल अधिकारीले बताए । मध्यान्ह १२ बजेबाट हुने बिराेध प्रदशन चौबिसकोठीबाट विरोध निकालिने छ । -याली लाइन्सचोक–सहिद चोक हुँदै पुल चोकमा गएर सभामा परिणत हुनेछ ।

सभालाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम छ । सभाका लागि भातृ संगठन, शुभेच्छुक सस्था, क्षेत्रीय समिति तयारी अवस्थामा रहेको कांग्रेस चितवनका सचिव उत्तम जाेशीको भनाइ छ ।

केन्द्रीय समितिले तय गरेको राष्ट्रिय मुद्दा सँगसँगै स्थानीय मुद्दाका विषयमा समेत सभा केन्द्रित रहने उनले जानकारी दिए । रामपुर स्थित कृषि तथा वन विज्ञान विश्व विद्यालयमा देखिएको भर्ना प्रक्रियाको सम्बन्धको बिरोधलाइ समेत समेटिने उनको भनाइ छ । सो प्रदर्शनीका लागि सबै स्थानीय तह र वडा तहमा समन्वय र कार्यकर्ता प्रशिक्षण भएका थिए । प्रदर्शनलाइ कांग्रेस चितवनले शक्ति प्रदर्शनका रुपमा लिएको छ।