चर्चित कलाकार बीएस राणाको निधन

चर्चित कलाकार बिएस राणाकाे ७८ बर्षकाे उमेरमा निधन भएकाे छ ।

 उपचारको क्रममा काठमाडाैंको टिचिङ अस्पतालमा निधन भएको जानकारी चलचित्र कलाकार संघले जानकारी दिएकाे छ । बिरामी भएर अस्पताल भर्ना भएका उनकाे मुटुमा समस्या देखिएकाे थियाे । 

‘अन्याय’ बाट उनले चलचित्रमा अभिनय सुरु गरेका थिए । उनले ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।

उनले केही टेलिसिरयलमा पनि अभिनय गरेका थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने छ ।