रुसले लखट्यो अमेरिकी लडाकु विमानलाई

शक्तिशाली राष्ट्र अमेरिका र रुसको बेला बखत हुँदै आएको वाक युद्ध त देखिएको नै छ । यसैबीच यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाईरल भईरहेको छ जहाँ ‘ब्ल्याक सी’ माथि उडान गरिरहेको अमेरिकी लडाकु विमानलाई रुसी लडाकु विमानले लखेटेर आफनो बाटो नै परिवर्तन गर्न बाध्य पारेको छ । भाईरल भएको ४० सेकेन्डको उक्त भिडियोमा रुसी लडाकु विमान ‘सु–२७’ ले अमेरिकी लडाकु विमान ‘एफ–१५’ लाई आफ्नो दिशा परिवर्तन गर्न बाध्य तुल्याएको देखिन्छ ।

भिडियो भाईरल भएसंगै यसले अन्तराष्ट्रिय मिडियामा समेत निकै चर्चा भईरहेको छ तर उक्त भिडियो कहिले र कहाँको हो भन्ने चाही आधिकारी पुष्टी भने हुन सकेको छैन । भिडियोमा रुसी लडाकु विमान अमेरिकी लडाकु विमानतर्फ आक्रामक ढंगले मोडिएको देखिन्छ । दुवै विमान आपसमा करिब पाँच फिटको दुरीमा उडेको बताइन्छ ।

रुसी विमान आफूतिर आक्रामक ढंगले मोडिएपछि अमेरिकी विमानले दिशा परिवर्तन गरेर आफुलाई जोगाएको थियो । स्मरण रहोस गत सोमबार मात्र ‘ब्ल्याक सी’ माथि आफ्नो विमानको नजिकै रुसी लडाकु विमान ‘खतरनाक’ तरिकाले आएको बताएको थियो ।