चलचित्र रणवीरको प्रिमियर

शुक्रबारबाट नेपालभर प्रदर्शनमा आएको चलचित्र रणवीरको बिहीबार साँझ कुमारी हलमा प्रिमियर भयो। प्रिमियरमा नेपाली चलचित्र नगरीका धेरै हस्तिहरु सहभागी थिए।

गोविन्द सिंह भण्डारीको निर्देशनमा बनेको चलचित्रलाई गोमा विष्ट र दीपेन्द्र रेग्मीले निर्माण गरेका हुन्। रणवीरको कथा देखन, संवाद, पटकथा गोविन्दले नै लेखेका हुन्। सुशील सिटौला, मिस इन्टरनेशनल सुवेक्षा खड्का, प्रशान्त ताम्राकार अनि सुपुष्पा भट्टको मुख्य अभिनय रहेको चलचित्र प्रेम अनि बदलाको कथा हो।

आना शर्मा, रचना गुरुङ, सुनिल थापा, दिपक राज गिरी, होमराज बिसि लगायतका कलाकारको उपस्थिति थियो।