जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै अनसन

भारतमा भ्रष्टाचार विरोधी आन्दोलनका कारण चर्चित सामाजिक अभियन्ता अन्ना हजारेले फेरि अनसन सुरु गरेका छन् । जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै उनले आफ्नै गाउँ रालेगणमामा बुधबार अनसन सुरु गरेका हुन् ।

महाराष्ट्रको अहमदनगर, रालेगण सिद्धीमा अनसन बसेका हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक/पटक आग्रह गर्दा पनि विधेयक कार्यान्वयन नगरेकाले आन्दोलन सुरु गरेको बताएका छन् ।