कार्यक्षेत्रमा ज्यान गुमाएका २८ सय ७ सुरक्षाकर्मीलाई शहीद घोषणा

नेपाल सरकारले कार्यक्षेत्रमा ज्यान गुमाएका २ हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर ज्यान गुमाएकाहरुलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो । सरकारले शहीद दिवसको अवसर कार्यक्षत्रमा खटिएका बेला ज्यान गुमाएकाहरुलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो ।

शहीद घोषणा गरिएकाहरुमा सबैभन्दा धेरै नेपाल प्रहरीबाट एक हजार ४४८ जना, नेपाली सेनाका एक हजार १८, सशस्त्र प्रहरीका ३१८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना रहेका छन् ।

देशका लागि ज्यान गुमाएकाहरुप्रति सरकारले चासो नदिएको र असमान व्यवहार गरेको भन्दै गुनासो आएपछि शहदत प्राप्त सुरक्षाकर्मीहरुलाई शहिद घोषणा गर्न लागिएको हो ।