इसारा गर्ने अबस्थामा पुगे केसी,इसारा बुझेर उपचार गर्दै डाक्टर

उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ । उनी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन । 

दिनदेखि अनशनतर डा. गोविन्द केसीको मुटुको समस्या बढ्दै गएको छ । उनको दुईपटक एन्जियोग्राम गरिसककिएको छ । उनको शरीर कमजोर बन्दै गएको छ । बोलीसमेत निस्किंदैन। मुस्किलले साउती गर्छन् उनी । परेला पाट्टिएका छन् । तर, ६३ वर्षीय केसीले औषधि खान मानेका छैनन् ।

नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन् । केसीका अवस्था जटिल हुँदै गइरहेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विशेषज्ञा डा. प्रमेश श्रेष्ठले जानकारी दिए ।