शान्ति निकेतन १४ वर्षमा

पोखरा ५ मालेपाटनमा अवस्थित शान्ति निकेतन स्कुलले १३ औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा विविध सांस्कृतिक समारोह शनिबार भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका निर्दैशक डा. बाबुराम ढुंगानाले नयाँ शिक्षा ऐनले निजी विद्यालयलाई घाँटी निमोठ्ने काम नगरेको जिकिर गरे । सबैले राम्ररी बुझेमा निजी तथा सार्वजनिक दुवै खाले शिक्षा प्रणालीलाई हेक्का राखेर नियम आएको उनले दाबी गरे ।

कलाकार मनोज गजुरेलले हाम्रा नानीबाबुलाई ठुलोभन्दा पनि असल मान्छे बन्न सिकाउनुपर्ने बताए । साथै उनले माता, मातृत्व र मातृभूमि बिर्सेमा वर्तमानमा पास भए पनि भविष्यमा फेल हुने बताए । साथै उनले विभिन्न व्यक्तिको क्यारीकेचर गरी हसाएका थिए ।

प्राचार्य महेश्वर पराजुलीले विद्यालयले अब स्मार्ट टिचिङ मेथड प्रयोग गर्ने बताए । कार्यक्रममा उत्कृष्ट शिक्षक, दीर्घ सेवारत शिक्षक एवम् कर्मचारीलाई तथा विगत २०७२ देखि एसइई उत्कृष्ट विद्यार्थी र तिनका अभिभावक तथा विभिन्न जिल्लास्तरीय कार्यक्रमा उत्कृष्ट भएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा पृथ्वी नारायण क्याम्पसका प्राडासरोज कोइराला, शिक्षाविद् विनोद बराल, एसओएस स्कुलका सहप्राचार्य किरण सापकोटा, उद्योग वाणिज्य महासंघ पोखरा अध्यक्ष दामु अधिकारी, अभिभावक पुरुषोत्तमप्रसाद पराजुली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भूत्र्याल, विद्यालय इन्चार्ज यदुविलास भूत्र्याल, छात्रा कृति क्षेत्री, पूर्व विद्यार्थी प्रतिभा कोइराला, नेपाली विभाग प्रमुख कृष्ण शर्मा एवं अंग्रेजी विभाग प्रमुख हेम सुवेदीले बोलेका थिए ।