नेपाललाई पाँचौ सफलता,केसीले फेरी लिए विकेट

नेपालले आज यूएईसंग तेस्रो एक दिवसिय खेल खेलिरहेको छ । टस जितेर बलिङ गरिरहेको नेपालले आज उत्कृष्ट प्रर्दशन गरिरहेको छ ।

यतिबेला नेपाललाई पाँचौं सफलता मिलेको छ । नेपालका करण केसीले चुन्डोपिल रिजवानलाई विकेट किपर विनोद भण्डारीको हातबाट क्याच आउट गराएका हुन् । उनले ४५ रन बनाएका थिए । यसअघि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाउँदा कप्तान पारस खड्काले नेपाललाई चौथो सफलता दिलाएका छन् ।

नेपालको २० औं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपले चौथो बलमा गुलाम सब्बेरलाई एलबीडब्लू आउट गरेका हुन् । २१ औं ओभरको दोस्रो बलमा पारस खड्काले मोहमद उस्मानलाई २६ रनमा आउट गरेका थिए ।अहिलेसम्म नेपालका सोमपाल कामी र करण केसीले एक–एक विकेट लिएका छन् । अन्तिम एकदिवसीय क्रिकेटमा नेपालविरुद्ध यूएईको खराब प्रदर्शन गरेको छ ।