
कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कापछि हत्या भएको लामो समय बितिसक्दा अपराधीलाई प्रक्राउ गरी कारवाही गर्न नसकेको अवस्थामा उनको ‘भजानइल स्वाव’ माथि नै आशंका गरिएको थियो ।
सोही कारण मानवअधिकारकर्मी र महिलाअधिकारकर्मीहरुको सल्लाह र माग बमोजिम निर्मलाकी आमा दुर्गादेवी पन्तले डीएनए टेष्टका लागि रगत दिएकी थिईन् । अन्तत निर्मलाको ‘भजानइल स्वाव’ संग आमाको डीएनए प्रोफाइल म्याच भएको छ ।
प्रोफाइल म्याच भएसँगै पहिले परीक्षणका लागि पठाइएको ‘भजाइलन स्वाब’ निर्मलाको भएको पुष्टि भएको छ । ‘भजानइल स्वाव’ प्रति नै सरोकारवालाहरुले आशंका गरेपछि घटनाबारे अनुसन्धान गरिरहेको टोलीले दुर्गादेवीको रगतको नमुना लिएर डीएनए जाँच गर्न प्रयोगशालामा पठाएको थियो ।