अख्तियारको कार्यालयमा कार्यरत कर्मचारी घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा कार्यरत एक कर्मचारी चार लाख घुससहित पक्राउ परेका छन् ।

सुर्खेतस्थित अख्तियारको कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्मदेब जैशी अधिकारी आइतबार राति घुस रकमसहित पक्राउ परेका हुन् ।

इन्जिनियरसँग घुस मागेपछि टेलिफोनमार्फत उनको विरुद्धमा उजुरी परेको थियो । उजुरी लगत्तै काठमाडौँबाट खटिएको अख्तियारको टोलीले नेपालगञ्जबाट उनलाई पक्राउ गरेको हो । यता, अख्यिारको सुर्खेत स्थित कार्यालयले भने घुस रकमसहित कर्मचारी पक्राउ परेको आधिकारिक जानकारी नआएको जनाएको छ ।