युएई विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालको जित, सिरिज १-१ को बराबरी

युएईलाई ९७ रनमै अलआउट गर्दै नेपालले युएई विरुद्धको एकदिवसीय श्रृखला अन्तर्गत
दोस्रो खेलमा १४५ रनले जित्दै सिरिज बराबरी गरेको छ ।

नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको युएई सोमपाल कामी तिब्र बलिंग र सन्दिप लामिछानको स्पीनमा घुमेपछि १९ ओभर ३ बलमै ९७ रनमै अलआउट हुन पुग्यो ।

सर्वाधिक २६ रन सि.पी रिजवनले हिर्काए । त्यसपछि असफाक अहेमदले २० रन जोडे । अन्य व्याट्सम्यानले खासै प्रभावकारी रन जोड्न भने सकेनन् । सोमपाल कामीले सर्वाधिक ५ विकेट लिदैं एकदिवसिय खेलमा सर्वाधिक विकेट लिने खेलाडीमा दरिए । सन्दिप लामिछानेले पनि ४ विकेट लिए ।

टस जित्दै नेपालले रोहितकुमार पौडेलको अर्धशतकी पारीमा युएईसितको एकदिवसिय श्रृखंलामा नेपालले दोस्रो दिन सुधारिएको व्याटिंग गर्दै २४२ रन बनाएको छ । ५५ रन हिर्काउँदै एक दिवसिय क्रिकेटमा किर्तीमान बनाएका पौडेलको महत्वपूर्ण इनिंगमा नेपालले ९ विकेटको क्षतिमा सम्मानजनक स्कोरको लक्ष्य प्रस्तुत गरेको हो ।

ओपनर ज्ञानेन्द्र मल्ले ४४ रनको ठोस इनिंग खेलेपछि अघिल्लो दिनको खराब प्रदर्शनलाई भने ढाके । पहिलो दिन शून्य रनमै पभेलियन फर्किएका मल्लले चार चौकासहित ४४ रन जोडेपछि सुखद शुरुवात हुन पुग्यो । उनीसँगै ओपनिंग गरेका विनोद भण्डारीले २१ रन बनाई आउट भएका थिए ।

मध्यक्रममा कप्तान पारस खड्काको लोभलाग्दो प्रदर्शन भने देखिएन् । उनी केवल २१ रनमै आउट हुदाँ अर्का भरपर्दा व्याट्सम्यान दिपेन्द्रसिंह ऐरीलाई पनि १० रनमै पभेलियनको बाटो समाएपछि नेपाल धरासायी बन्ने सम्भावना थियो । त्यसपछि पवन सर्राफलाई पनि ८ रनमै गुमाएपछि कमजोर बनेको नेपालको स्कोर उकास्ने काम भने रोहित र आरिफ शेखले गरे ।

शेख २९ रनमा आउट हुदाँ दुईको जोडी टुट्न पुग्यो । रोहितले करणसँग साझेदारी गर्दै आफनो अर्धशतकीय पारी खेले । उनले ५८ बल खेल्दै ७ चौकासहित ५५ रन जोडे । करणले पनि केवल ११ बल खेल्दै १८ रन जोड्ने् क्रममा दुई छक्का र एक चौका हाने । सन्दीप लामिछानेले पनि १० बलमा १४ रनमा नटआउट रहे । अमिर हायात र ईमरान हैदरले ३( ३ विकेट लिएका थिए ।

source:kheladinews