जिउँदोमा हेला भएका खान मरेपछि भए सम्मानित

बलिउडमा कमेडी , नगेटिभ भुमिकामा पनि निकै रुचाईएका अभिनेता कादर खानको डिसेम्बर ३१ मा क्यानडास्थित घरमा निधन भएको थियो ।

बलिउडमा कलाकारमात्र नभई स्क्रिप्ट राईटर , पटकथा लेखकको रुपमा पनि बलिउडमा २सय भन्दा बढि फिल्म दिईसकेका कादर खानलाई जिउँदो हुँदा सधै एउटा कुरामा गुनासो हुन्थ्यो की सरकारले उनको योगदानको कदर कहिल्यै गरेन । हुन पनि हो उनले स्टार बनाएका नायकहरुलाई राष्ट्रबाट महत्वपुर्ण अवार्ड र पुरस्कार पाउँदा उनले सरकारबाट कुनै सम्मान वा पुरस्कार पाएनन् ।

उनले भन्ने गर्थे की मैले अमिताभ बच्चन र अनुपम खेर या अन्य कलाकारहरुले जसरी मोदीको चाकडी गर्न सकिन । त्यसैले सरकारबाट मेरो कामको मुल्यांकन कहिल्यै भएन । जब उनको निधन भयो तब कादर खानलाई सरकारबाट मिल्नु पर्ने सम्मान कहिल्यै नमिलेको भन्दै आलोचना पनि भयो । यसबीच मरणोपरान्त कादर खानलाई भारत सरकारले सम्मान गर्ने भएको छ ।

उनलाई भारतीय सिनेमा क्षेत्रमा अमुल्य योगदान दिएको भन्दै पद्मश्री पुरस्कारबाट सम्मानित गरिने भएको हो । पद्मश्री पुरस्कार भारतमा सरकारबाट दिईने सबैभन्दा ठुलो सम्मान हो । ३ सय भन्दा बढि फिल्ममा अभिनय गरी २ सय भन्दा बढि फिल्मका संवाद लेखेका कादरले ४४ बर्षसम्म बलिउडमा काम गरेका थिए ।

अझै पनि कतिपय वरिष्ठ कलाकारहरुले कादरले सिनेमा उद्योगबाट कादरले त्यो सम्मान कहिल्यै पाएनन् जसको उनी हकदार थिए भन्ने प्रतिक्रिया दिन्छन् ।

अफगानिस्तानमा जन्मिएका कादरको बलिउडमा गोविन्दासंगको जोडी निकै हिट थियो भने उनले लेखेका संवाद बोलेर अमिताभ बच्चन , जितेन्द« र गोविन्दा रातारात स्टार बनेका थिए । कादर खानलाई राईटरको रुपमा पहिलो ब्रेक भने सुपरस्टार राजेश खन्नाले दिएका थिए ।