मोबाइलबाट करेन्ट लाग्दा मृत्यु

मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर तनहुँमा शुक्रबार राति १ युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका १ सेटाङका २० वर्षीया मिरा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।

अविरल परेको वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर घाइते थापाको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । थापा लामास्वाँरास्थित माइतीघर आएकी थिइन् ।