विकास बुझ्न मुस्ताङको लोघेकर दामोदरकुण्डको टोली खोटाङमा

ओझेलमा परेको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका तथा जिल्ला समन्वय समिति खोटाङबीच शुक्रबार बझाङको दिक्तेल जिसस कार्यालयमा भेटघाट भएको छ । अन्तर गाउ कार्यपालिका स्तरिय साताब्यापी अध्ययन अवलोकन भ्रमणमा निस्किएको जनप्रतिनिधिसहितको टोली तथा खोटाङका जनप्रतिनिधि तथा कार्यालय प्रमुखको टोलीबीच दुई जिल्लाको बस्तुगत अवस्थाका बारेमा जानकारी गराएका थिए ।

मुस्ताङकी जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ तथा पत्रकार महासंघ मुस्ताङको समेत अध्ययन भ्रमणमा सहभागी छन्् । यसअघि जिसस खोटाङ जिसस उपप्रमुख गोमादेवी खत्रीले मुस्ताङे टोलीलाई खादा र अबिर लगाएर स्वागत गरेकी थिईन्् । उनले मुस्ताङका जनप्रतिनिधिलाई अकल्पनीय रुपमा आफ््नो जिल्लामा स्वागत गर्न जिसस खोटाङको टोलीले गौरवको महशुस गर्न पाएको बताईन्् । उनले मुस्ताङ जस्तै खोटाङ पनि बिकासको चरणमा रहेको सुनाईन्् ।

आधिकारिक ट्रेड यूनियन खोटाङ अध्यक्ष धुब कार्कीले जिल्लाको भौगोलिक ,धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा जानकारी गराए । उनले खोटाङ जिल्ला सुनकोशी र दुधकोशीकोबीचमा रहेको जानकारी दिए । मुस्ताङकी जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले आकश्मिक रुपमा भएको दुई जिल्लाको भेटले आपसी सामिप्यता बढाएको जनाईन्् । उनले मुस्ताङ जिल्लाको उत्तरी कोरलानाका जोड््ने पूर्वाधार तैयार भईरहेको जानकारी दिदै उनले मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड जस्ता थुप्रै धार्मिक तथा पूरातात्तित्वक संम्पदाका कारण बिकास गति तिब्र भईरहेको सुनाईन्् ।

उनले जिसस खोटाङ टोलीलाई मुस्ताङ आउन आग्रह गरिन्् । लो घेकर दामोदरकुण्ड गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले मुस्ताङ जिल्ला कृषि र पर्यटनले प्रचुर संम्भावना भएको बताए । उनले गाउपालिकाले केही दिने र धेरै सिक्ने उद्देश्यले अध्ययन भ्रमणमा आएको उल्लेख गरे ।

मुस्ताङ र खोटाङ जिल्लाबीच भएको भेटघाटमा बझाङका तर्फबाट उपसचिव सागर आचार्य,सहायक प्रजिअ बिवेक भण्डारी,नेपाल निजामति कर्मचारी संगठन अध्यक्ष मा मोहन भट््टराई, समाजसेवी एवं कृषि अगुवा सूर्य राई,एकल महिला अध्यक्ष सविता ढकाल, महला नेतृ संगिता राई र निमित्त जिसस अधिकारी रबिकिरण आचार्य लगायतको उपस्थिती रहेको थिया । दुई जिल्लाका जनप्रतिनिधि भेटघाटको सहजीकरण सूर्य राईले गरेका थिए ।