बागलुङ जिल्लाको बरेङ गाउँपालिका ५ सुखौरामा हिउँले कठ्याङ्ग्रीएर १ जनाको मृत्यु भएको छ ।
अविरल वर्षासँगै परेको हिउँले कठ्याङ्ग्रीएर बरेङ गाउँपालिका ५ सुखौरा निवासी ६४ वर्षीय चन्द्रबहादुर खत्रीको मृत्यु भएको हो । दिनभर स्थानीय चित्रबहादुर शेरपुर्जाकोमा बारी जोत्नका लागि गएर साँझ घर फर्किदै गर्दा समान्य मद्यपान गरेका खत्रीको हिउँले कठ्याङ्ग्रीएर बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।





