फोटोग्राफरद्वारा मोडलको हत्या

एजेन्सी– यौन सम्बन्धको प्रस्ताव अस्वीकार गर्दा भारतमा एक माेडलको हत्या भएको घटना हालै सार्वजनिक भएको छ । 

१९ वर्षीय फोटोग्राफर सइद मुजामिलले २०१८ को अक्टोबर १५ मा २० वर्षीया मोडेल मानसी दिक्षितको हत्या गरेका हुन् । अभियुक्त सइदविरुद्ध हालै बंगुर नगर प्रहरीले अदालतमा अभियोगपत्र दर्ता गराएको छ । 

मुम्बईको अधेँरीस्थित मानसीको घरमा गएको समयमा उनलाई यौन प्रस्ताव राख्दा अस्वीकार गरेपछि काठले टाउकोमा हानेको बयान प्रहरीलाई दिएको अभियोगपत्रमा उल्लेख छ । 

टाउकोमा चोट लागेपछि बेहोस भएकी मानसीलाई बलात्कार गरेर घाँटीमा डोरी र कपडाले कसेर उनको हत्या गरेका थिए । मानसीको कपडाबाट स्वाव र वीर्य प्रहरीले बरामद गरेको थियो । पोस्र्टमार्टमबाट दिक्षितको यौनांगमा क्षती पुगेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

मुजामिलले उनको हत्यापछि शव झोलामा पोको पारेर मलादको सडक छेउमा फालेका थिए । मुजामिललाई प्रहरीले ओसिवारा अपार्टमेन्टबाट पक्राउ गरेको थियो ।