वाइड बडीको भ्रष्टाचारबारे विस्तृत छानबिन शुरु

 नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद प्रकरण निकै विवादमा रहेर अन्ततः घोटाला गरेको ठहर भए पनि दुरुस्त छानबिन हुन सकेको छैन् । 

प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन शुरु गरेको अख्तियार स्रोतले जनाएको छ ।

स्रोतका एक उच्च अधिकारीले भने ‘यसै साता आयोगको बैठकले वाइड बडी जहाज खरिद प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ,’ अनुसन्धान अधिकृतहरु समेत तोकेर काम अघि बढिसकेको छ।’ ‘नेपाल वायुससेवा निगमबाट केही फाइल मगाइएको छ । त्सको अध्ययनपछि खरिद प्रक्रियामा संलग्नमाथि बयान समेत शुरु हुनेछ ।’ ।