रवि लामिछानेलाई पूर्वपत्नीको बधाई

चर्चित सञ्चारकर्मी रवि लामिछानेले निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् ।

रविले सोमबार कोर्ट म्यारिज गरेका थिए । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको ईशाले बताइन् । बिहेका लागि नै डिभोर्स दिएको दाबी गर्दै उनले त्यसैमा आफूलाई आश्चर्य नलागेको बताएकी छन् ।

इशा र रविका २ छोरी छन् । इशा अहिले अमेरिकामा छिन् ।