मंगलबारदेखि एट ए साईड भेट्रान्स फुटबल

मंगलबारदेखि बगर भाईखलकको ८ ए साईड भेट्रान्स फुटबल प्रतियोगिता शुरु हुदैं छ । आठौं सस्करणको रन्जित गुरुङ स्मृति फुटबल प्रतियोगिताको पहिलो दिन दुई पोखरेली टोलीले हेटौडा र विरगन्जलाई आतित्थ्यता गराउने छन् ।

सातौं संस्करणको च्याम्पियन आयोजक बगर भाईखलकको पहेलो टोलीले हेटौडा भेट्रान्सलाई पोखराको पुरानो टुडिखेलमा स्वागत गर्ने छ । त्यसभन्दा अघि पोखराको संगक क्लबको भेट्रान्स टोलीले बिहान १० बजे विरगन्ज युथ एकेडेमीलाई प्रतिस्पर्धा गरेर प्रतियोगिताको शुरुवात गर्ने छ ।

‘स्वास्थ्यका लागि एक घन्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ नारा तय गरिएको छ । उमेर ढल्केसँगै स्वास्थ्य प्रतिको सचेतना जगाउन बगर भाईखलकले आठवर्ष अघि प्रतियोगिताको शुरुवात गरेको थियो । जुन अहिले मोफसलका विभिन्न शहरमा प्रतियोगिता आयोजना हुन थालिसकेका छन् । अघिल्लो महिना मात्रै हेटौडामा आयोजित भेट्रान्स फुटबल प्रतियोगितामा पोखराको अमरसिंह ब्वाईज क्लबले उपाधि जितेर फर्किएको थियो ।

आठौं सस्करणको बगरभाईखलकमा आयोजक दुई टोलीसहित २६ टोलीले प्रतिस्पर्धामा छन् । प्रतियोगीतामा प्रथम पुरस्कार विजेताले नगद १ लाख र द्वितियले ५० हजारका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, फाइनल खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीले ट्रफी सहित जनही नगद ५ हजार पाउनेछन । सामाजिक उतरदायित्व अन्र्तगत आठौं सस्करणबाट बचत रकम मध्ये १ लाख ५१ हजार पोखराको टुँडिखेल मैदानको स्तरोन्नतिका लागि खर्च गरिने छ ।

kheladinews.com