गण्डकी प्रदेश तेक्वान्दो माघ ११ देखि

कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा आउँदो ११ गतेदेखि पोखरामा गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिता हुने भएको छ । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप यही माघ १२ गतेसम्म पोखरा रंगशालामा गण्डकी प्रदेशका खेलाडीको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यसहित प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा गण्डकी प्रदेशका ७ जिल्लाका ७० जना खेलाडीले विभिन्न तौल समूहमा प्रतिष्प्रर्धा गर्ने कास्की जिल्ला तेक्वान्दो संघ अध्यक्ष जगनबहादुर गुरुङले बताए । उनले भने, ‘युवायुवतीलाई कुलतबाट जोगाउन, उनीहरुको आत्मवल बढाउन, उत्तरदायी नेतृत्व क्षमता विकास गर्न रोजगारीको अवसर सिर्जना गर्न खेलाडी र प्रशिक्षकको क्षमता अभिवृद्धि गर्न प्रतियोगिता सहायक हुनेछ ।’

पर्यटन प्रवद्र्धन गर्नसमेत उक्त प्रतियोगिताले थप सहयोग पुग्ने उनले बताए । प्रतियोगितामा उत्कृष्ट फाइटर महिला तथा पुरुषलाइ जनही १० हजार पुरस्कार प्रदान गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिता गर्न ४ लाख २८ हजार खर्च लाग्ने प्रतियोगिता संयोजक कुलचन्द्र शर्माले बताए ।