डा.केसीलाई वार्डमा सारियो

  १६ औँ अनसन थालेका डा गोविन्द केसीको यतिबेला त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

इलाममा अनसन बसिरहेका डा केसीको स्वास्थ्य अवस्था गम्भिर बनेपछि उनलाई रातारात राजधानी ल्याईएको थियो । आइसीयू कक्षमा राखेर उपचार गराईरहेका डा केसीलाई आजै साधरण वार्डमा सारिएको छ । सर्वसाधारणलाई आइसीयू कक्षको अभाव नहोस भनेर उनलाई वार्डमा सारिएको सहयोगी प्रितम सुबेदीले बताए ।

आफुसंग भएको सम्झौता बमोजिम माग पुरा गर्न अडान राख्दै १२ दिनदेखि अनसनरत डा केसीले भने बमोजिम माग पुरा गर्न कठिन रहेको सरकारले बताउँदै आएको छ । उनको बिषयमा सरकार त्यती गम्भिर नभएको जस्तो पनि देखिएको छ ।

केही दिन अघि संसदमा बोल्दै प्रधानमन्त्री ओलीले बिधानभन्दा व्यक्ति ठुलो नहुने बताएका थिए भने सञ्चारमन्त्री गोकुप्रसाद बास्कोटाले डा केसीका सबै माग पुरा सम्भव नै नरहेको बताएका छन् । उनले डा केसी आफै प्रधानमन्त्री भएपनि उनको माग पुरा हुनै नसक्ने बास्कोटाले बताएका थिए ।