पोखरा गणेश टोल ४ मा रहेको सृजनशिल महिला समूह को १४ औ बार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिवार सप्पन्न भएको छ । समुहले दश बर्ष पछि नयाँ नेतृत्व पाएको हो ।
अधिवेशनमा कल्पना गौतम अध्यक्षमा निर्बिरोध चयन भएकी छिन । समुहको उपाध्यक्षमा इन्दु कोइराला,सचीवमा सम्झना कोइराला, सह-सचिवमा गंगा थापा कोइराला,कोषाध्यक्षमा दिपा कोइराला साथै सदस्यहरूमा पार्वती कोइराला, कन्चन थापा, नारायणी बिष्ट , ज्योती राणा, कल्पना पोख्रेल र शिव कोइराला निर्बिरोध चयन भएका छन ।
समुहले विशेष सल्लाहकारको रुपमा प्रभा कोइराला, लक्ष्मी कोइराला , शान्ती कोइराला, कमला कोइराला नन्द कुमारी कोइराला, फन्ना कुमारी कोइराला र पुस्पा कोइरालालाई चयन गरेको छ ।
साधारण सभाको उदघाटन गर्दै प्रमुख अतिथी प्रदेश सभाका माननीय सांसद प्रभा कोइरालाले समाजमा हरेक महिला आफैमा क्षमता वान छन तसर्थ समय तेसै खेर नफालेर उद्यमसिलता र उर्जावान कार्यमा लगाउन जोड दिइन ।
सांसद कोइरालाले सृजनसिल महिला समुहले नयाँ नेतृत्व संगै नया अवधारणा ल्याइ कोसेलिघर स्थापना गर्नको लागि सुझाएकी थिइन उनले महिला दिदी बहिनिहरुले आफुमा भएको सीप र क्षमतालाई व्यबहारमा उतारी आयआर्जनको पाटो स्वरुप अगाडी बढनको लागि पनि आग्रह गरिन ।
कार्यक्रममा बोल्दै बुढानिल कण्ठ मन्दिरका संरक्षक समितिका अध्यक्ष श्याम बहादुर कोइरालाले महिला दिदि बहिनी एकवदताका साथ अगाडि बढने र स्वरोजगार को बाटोलाई अपनाउनमा जोड दिए ।
समुहका निवर्तमान अध्यक्ष लक्ष्मी कोइरालाले बिगत दस बर्ष देखि दिदिबहिनिहरु संगको हातेमालो गर्दै विभिन्न उतारचढावका साथ काम गर्दा को अनुभव सुनाइन उनले हिजोको दिनमा खाली चौरमा मिटिङ्ग बस्नु पर्ने खुला ठाउमा कार्यक्रम गर्नु पर्ने समुहको आज आफ्नै भवन रहेको बताइन साथै यो दस बर्षमा समुहलाइ उर्जावान बनाउन आफुले कुनै पनि कसर नछाडेको र अबको नेतृत्वले पनि नयाँ कार्य योजना सहित समुहलाइ अझै उचाइमा पुर्याउने कुरामा आफू बिश्वस्त रहेको बताइन ।