सुनिल शेट्टी बने योद्धा

बलिउडमा सेकेण्ड अम्बानीको रुपमा चर्चामा रहेका चर्चित नायक सुनिल शेट्टी यतिबेला पर्दाबाट टाढै छन् ।

उनी समाजसेवा , व्यवसायमा निकै व्यस्त छन् सोही कारण बेला बेला फाट्टफुट्ट फिल्ममा पनि काम गर्दे आईरहेका छन् । बलिउडमा अन्नाको नामले बोलाईने उनै सुनिल कमव्याक गर्ने तयारीमा रहेका छन् त्यो भने ठुलो बजेटको फिल्ममा जहाँ उनी अहिलेसम्म कै भिन्न अवतारमा देखिँदैछन् । उनी प्रियदर्शनको फिल्ममा काम गर्ने भएका हुन् ।

पछिल्लो पटक उनकै फिल्म दे दना दनमा काम गरेका सुनिलको नयाँ फिल्ममा उनले बाहुबलीका प्रभाषको जस्तो भुमिका निर्वाह गर्नेछन् । जहाँ उनी समुद्री योद्धा बनेर दर्शकमाझ आउँनेछन् । हलिउड फिल्म टोयबाट प्रेरित यस फिल्मको नाम “मरक्कड़- द लायन अफ अरेबियन सी” राखिएको छ । फिल्ममा सुनिलसंगै प्रभुदेवा र मोहनलालको पनि मुख्य अभिनय रहनेछ ।

फिल्मका लागि सुनिल तलवारबाजी पनि सिकेका छन् । फिल्मको सुटिङ पनि सुरु भईसकेको छ। करिब १५० करोड बजेटमा निर्माण हुन लागेको यस फिल्ममा बाहुबलीकै जसरी भिएफएक्सको प्रयोग हुनेछ । हिन्दीसंगै अन्य भाषामा  पनि डब हुने यस फिल्म नेवी चीफ मोहम्मद अली उर्फ कुनाजी मरक्कड़ चतुर्थको जीवनमाथि आधारीत हुनेछ । यो फिल्म सन् २०२२ मा दर्शकमाझ आउँने तयारी छ ।